२०८० फागुन ८, मङ्गलवार , ११:३२:३० बजे

Sajhamanch
'

छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु

आइतवार, माघ २१, २०८०

काठमाडौँ । देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सर्लाही, मोरङ र रामेछाप जिल्लामा दुर्घटना भएका हुन् ।

सर्लाहीको बागमती नगरपालिका-१२ भरत तालस्थित सडकमा मधेस प्रदेश ०३-०२५ प ५९२७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शनिबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार बरहथवा नगरपालिका-७ बस्ने १९ वर्षीया अस्मिता रायको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको चन्द्रपुर हस्पिटल रौतहटमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता मोरङको रंगेली नगरपालिका-३ रंजनीस्थित आनन्द इँटाभट्टाभित्र को १ त ८५७८ नम्बरको ट्याक्टरको ठक्करबाट भट्टामा काम गर्ने भारत कुच बिहार घर भएका ५५ वर्षीय बिसन्दु मियाको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

मोरङकै कानेपोखरी गाउँपालिका-७ स्थित सडकमा प्र ३-०१-०२४ च ७३७७ नम्बरको पिकअपको ठक्करबाट पैदलयात्री हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ४५ वर्षीया महिलाको शनिबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको मदन भण्डारी अस्पताल तथा ट्रमासेन्टर उर्लावारीमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यसैगरी रामेछापको रामेछाप नगरपालिका-८ रामेछापडाँडामा लु.९६ प १९६० नम्बरको मोटरसाइकलको ठक्करबाट रामेछापडाँडा बस्ने भारत भएका जावेद खानको छोरा ७ वर्षीय मुराज खानको शनिबार दिउँसो मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको धुलेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबर