२०८० फागुन २०, आइतवार , ०३:४६:२८ बजे

Sajhamanch
'

शिवसताक्षीका शिक्षकलाई एकीकृत पाठ्क्रम (कक्षा १–३) प्रबोधीकरण तालिम

शनिवार, माघ २०, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाले एकीकृत पाठ्क्रम (कक्षा १–३) प्रबोधीकरण तालिम गराएको छ ।

शिवसताक्षी नगरपालिकाको सभाहलमा प्राथमिक तहका सामुदायिक तथा संस्थागत विद्यालयका ३८ जना शिक्षकहरुलाई तीन दिवसीय एकीकृत पाठ्क्रम प्रबोधीकरण तालिम गराएको हो ।

विद्यालय तहको शिक्षालाई बढी उद्देश्यमूलक, व्यावहारिक, समसामयिक एवम् सान्दर्भिक बनाउने उद्देश्यले पाठ्यव्रmम प्रबोधीकरण तालिम गराइएको शिवसताक्षी नगरपालिका शिक्षा शाखाले जनाएको छ ।

सानो कक्षाका विद्यार्थीहरुलाई शिक्षण सिकाईमा धेरै ठकिनाईहरुको महशुष गरी कक्षा १–३ का शिक्षकहरुलाई तालिम दिइएको शिवसताक्षी नगरपालिका शिक्षा शाखा प्रमुख छविलाल ढकालले जानकारी दिए ।

तालिममा एकीकृत पाठ्क्रम अनुसारको शिक्षण विधी, तथा विद्यार्थी मूल्यांकन सम्बन्धी सहजीकरण गरिएको थियो ।
तालिममा सहभागी शिक्षकहरुलाई शिक्षा शाखा प्रमुख छवि ढकालले यहाँ सिकेको ज्ञानलाई आ–आफ्नो विद्यालयका शिक्षकहरुलाई सिकाउने र तालिमको आधारमा विद्यार्थीहरुलाई पनि पठन पाठन गराउनका लागि सुझाब दिए । शिक्षक आफै जिम्मेवार भएर लागे मात्र शिक्षाको गुणस्तर बृद्धि हुने र प्रतिफल प्राप्त हुने उनले बताए ।

तालिमको समापनमा सहभागीमा सहभागी शिक्षकहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । तालिमको सहजीहरण घनश्याम अधिकारी र कमल भट्टराईले गरेका थिए । तालिमको सञ्चालन शिक्षा शाखा कर्मचारी सरोज अधिकारीले गरेका थिए ।

शनिवार, माघ २०, २०८० | विविधा, शिक्षा

सम्बन्धित खबर