२०८० फागुन १७, बिहिवार , १२:३८:४१ बजे

Sajhamanch
'

आदिवासी ऐतिहासिक फुटबल प्रतियोगिताको पाराबारीको पोल्टामा

शनिवार, माघ २०, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा जारी आदिवासी ऐतिहासिक फुटबल प्रतियोगिताको उपाधि शिवसताक्षी नगरपालिका वडा नं. ३ पाराबारीले हात पारेको छ । पाराबारीले झापा गाउँपालिका वडा नं. ७ मदरगाछ टिमलाई ४– ० गोल अन्तरले हराउँदै पाराबारीले उपाधि हात पारेको हो ।

उपाधि हात पारेसँगै शिवसताक्षी ३ पाराबारीले नगद ३१ हजार नगदसहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने, उपविजता झापा गाउँपालिकाले मदरगाछले नगद २१ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

उनीहरुलाई शिवसताक्षी नगरपालिका वडा नं. ४ का वडाध्यक्ष विष्णुप्रसाद प्रसाईले पुरस्कार राशी प्रदान गरेका हुन् । पुरस्कार वितरणका क्रममा वडाध्यक्ष प्रसाईले आदिवासी समुदाय बीच खेलाइएको फुटबल प्रत्योगिता ऐतिहासिक भएको बताए । उनले शिवसताक्षीमा यस्ता धेरै प्रतियोगिताहरु भए तर आदिबासीहरु समुदाय बीचमा खलाइएको फुटबल यो पहिलो पटक हो । उनले भने, आदिबासी दाजुभाइहरुले फुटबल खेलमा देखाउनु भएको सक्रियता सरानीय छ ।

प्रतियोगिता शिवसताक्षी नगरपालिका वडा नं. ४ बोलोचोक पश्चिमको खेलमैदानमा माघ १० गतेबाट सुरु गरिएको थियो ।
प्रतियोगिताको उद्घाटन संघीय सांसद एलपी साँवा लिम्बुले गरेका थिए । प्रतियोगिता वडा ४ को आर्थिक सहयोगमा सञ्चानल भएको थियो । प्रतियोगिता शुक्रबार सम्पन्न भएको थियो ।

शनिवार, माघ २०, २०८० | खेलकुद

सम्बन्धित खबर