२०८० फागुन १९, शनिवार , १०:३०:२९ बजे

Sajhamanch
'

त्रिभुवन विमानस्थल सुरक्षा प्रमुख चन्दद्वारा राजीनामा

शनिवार, माघ २०, २०८०

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्द ठकुरीले राजीनामा दिएका छन्। नागरिकसँग कुरा गर्दै आफ्नो व्यक्तिगत कारणले राजीनामा दिएको डिआइजी चन्दले पुष्टि गरे।

‘तत्काल अन्य कुनै कारण छैन। व्यक्तिगत कारणले राजीनामा दिएको छु,’ उनले भने।

पछिल्लो समय विमानस्थल सुरक्षा कार्यालय र अध्यागमन कार्यालयका बीचमा तनावको स्थिती थियो। चन्दले गत वैशाखदेखि विमानस्थल सुरक्षा कार्यालयको प्रमुखको जिम्मेवारीमा थिए।

प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी भिमप्रसाद ढकालले भने आफूलाई यसबारे जानकारी आइनसकेको बताए। चन्द हालका प्रहरी महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरकै ब्याचमेछ प्रहरी अधिकृत हुन्।

सम्बन्धित खबर