२०८० फागुन १८, शुक्रवार , ०१:४४:४१ बजे

Sajhamanch
'

सिम्रिक साकोसद्वारा २४० जेष्ठ नागरिकलाई ब्ल्याङ्केट वितरण

बुधवार, माघ १७, २०८०

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आज बुधबार बिर्तामोड ७ स्थित नेत्रपार्कमा आयोजित एक कार्यक्रमका बीच स्थानीय ज्येष्ठ नागरिकलाई न्यानो कपडा प्रदान गरेको छ ।

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे लगायतले स्थानीय २४० जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा ब्लान्केट हस्तान्तरण गरेका हुन् । कार्यक्रममा ज्येष्ठ नागरिकहरूलाई मिष्ठान्न भोजनसमेत गराइएको थियो ।

कार्यक्रममा कोशी प्रदेश सांसद एकराज कार्की, बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाई, वडा नं. ७ का वडाध्यक्ष कृष्णप्रसाद खरेल, निचाझोडा सामुदायिक वनका अध्यक्ष बद्री प्याकुरेल लगायत सहभागी थिए ।

कार्यक्रममा २४० जना ज्येष्ठ नागरिकलाई न्यानो कपडा ‘व्लाङ्केट’ वितरण गरिएको संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए ।