२०८० फागुन १८, शुक्रवार , ०२:५७:४४ बजे

Sajhamanch
'

विराट आधारभूत विद्यालयलाई सिम्रिक साकोसद्वारा पुस्तक प्रदान

बुधवार, माघ १७, २०८०

बिर्तामोड । सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले बिर्तामोड- १० मा रहेको विराट आधारभूत विद्यालयले स्थापना गरेको पुस्तकालयलाई पुस्तकहरु प्रदान गरेको छ ।

संस्थाले मङ्लबार विद्यालयमा पुगेर एक संक्षिप्त कार्यक्रमका बिच विद्यार्थी एवम् शिक्षकहरुका लागि उपयोगी पु्स्तकहरु पुस्तकालयलाई हस्तान्तरण गरेको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिएका हुन्।

आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै करिब २५ हजार रुपैयाँ बराबरका उपयोगी पुस्तकहरु अध्यक्ष सुवास भट्टराईले विद्यालयका प्रधानाध्यापक कृष्णकुमारी दुलाललाई हस्तान्तरण गरेका थिए ।

पुस्तक हस्तान्तरण कार्यक्रममा संस्थाका अध्यक्ष भट्टराईसहित संस्थाको कर्जा अधिकृत बिजय बस्नेत, आइटी अधिकृत बिजय पाण्डे, नेपाल उद्योग व्यवसायी महासंघ बिर्तामोड नगर कमिटी अध्यक्ष युवराज निरौला लगायत सहभागी थिए ।

सम्बन्धित खबर