२०८० फागुन ९, बुधवार , १०:४२:३० बजे

Sajhamanch
'

वडाध्यक्ष बादे १५ लाख घुससहित पक्राउ

बिहिवार, माघ ४, २०८०

काठमाडौं । काभ्रेको बनेपा नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष नृपेश बादे घुस लिएको आरोपमा पक्राउ परेका छन् । उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले बुधबार राति भक्तपुरको गठ्ठाघरबाट पक्राउ गरेको हो ।

घर बाटो सिफारिस गर्ने प्रयोजनका लागि १५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा वडाध्यक्ष बादेलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए ।१५ लाख रुपैयाँसहित स्रोत नखुलेको १० हजार जापानीज ऐन, एक सय अमेरिकी डलर, हुण्डाई आई टेन कार र कार चालक पदमबहादुर प्रधानलाई समेत नियन्त्रणमा लिएको अख्तियारले जनाएको छ ।बादे नेपाली कांग्रेसबाट वडाध्यक्ष निर्वाचित भएका थिए । उनी नेविसंघ काभ्रेका पूर्वअध्यक्षसमेत हुन् । कार चालक प्रधान सिन्धुपाल्चोक बाह्रबिसेका हुन् ।

सम्बन्धित खबर