२०८० फागुन १७, बिहिवार , ०१:५०:५० बजे

Sajhamanch
'

फागुन २-१२ सम्म बुद्धशान्तिमा अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिता हुने

मङ्गलवार, माघ २, २०८०

बुद्धशान्ति । बर्खा स्मृति प्रतिष्ठान बुद्धशान्ति झापाले प्रथम झापा जिल्ला अन्तरपालिका टी–२० क्रिकेट प्रतियोगिताको आयोजना गर्ने भएको छ ।

पत्रकार सम्मेलन गरी आगामी फागुन २ गतेदेखि १२ गतेसम्म प्रतियोगिता गर्न लागिएको प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंले बताएका हुन् ।

झापा जिल्लाका १५ वटै पालिकाको सहभागिता रहने अपेक्षा गरिएको प्रतियोगितामा विजेताले नगद १ लाख रुपैँया, मेडल, ट्रफी, प्रमाणपत्र पाउने छ । प्रतियोगिताको उपविजेताले नगद ५० हजार र मेडल, ट्रफी, प्रमाणपत्र पाउने पत्रकार सम्मेलनमा जानकारी दिइयो ।

खेल टी–२० को नियम अनुसार अध्यक्ष प्रसाईंले जानकारी दिए । उनका अनुसार प्रत्येक टीममा १५ जना खेलाडीहरु हुनेछन् । जसमा ११ जना मुख्य खेलाडी र ४ जना वकल्पिक रहने छन् ।

खेलमा म्यानअफ् दी म्याचलाई नगद २ हजार, फाइनलको दिन म्यानअफ् दी म्याचलाई ५ हजार र म्यान अफ दी सिरिजलाई १० हजार पुरस्कार दिइने उनले बताए । खेल बुद्धशान्ति २ स्थित पेट्रोल पम्प छेउको खुला मैदानमा हुनेछ ।

प्रतिष्ठानका अध्यक्ष मदन प्रसाईंको अध्यक्षता तथा झापा जिल्ला क्रिकेट संघका अध्यक्ष प्रविन थापाको प्रमुख आतिथ्यमा खेल तालिका सार्वजनिक एवम् पत्रकार सम्मेलन गरिएको थियो । खेल तालिका सार्वजनिक कार्यक्रमको सहजिकरण गोकुल पौडेलले गरेका थिए । कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सचिव मदन मगरले गरेका थिए ।

आपत विपतमा परेकाहरूलाई सहयोग गर्ने साथै बालबालिकाहरूको शिक्षा, स्वास्थ्य लगायतका सामाजिक क्षेत्रमा कार्य गर्ने उद्देश्यले स्थापना भएको सो प्रतिष्ठानले ५० लाख रुपैयाँको अक्षयकोष राखेको छ ।

प्रतिष्ठानको कार्यालय व्यवस्थापनका लागि अलग्गै २० लाख रुपैयाँको पनि अक्षयकोष स्थापना गरेको जनाइएको छ । स्थापनाको छोटो समयमा सो संस्थाले बुद्धशान्तिमा सामाजिक कार्य गरेर आफ्नो छुट्टै छाप छोड्न सफल भएको जनाइएको छ ।

सम्बन्धित खबर