२०८० फागुन १०, बिहिवार , ०६:४५:३६ बजे

Sajhamanch
'

बिर्तामोड कांग्रेस राजनीतिक सक्रियता बढाउँदै

मङ्गलवार, माघ २, २०८०

बिर्तामोड । नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघले बिर्तामोडका १० वटै वडामा समिति गठनका लागि संयोजक एवं सल्लाहकार सदस्य चयन गरेको छ ।

नेपाली कांग्रेस बिर्तामोड नगर समितिको संयोजनमा जिल्ला पार्टी कार्यालयमा आज सम्पन्न भेलाले वडा समिति गठनका लागि सम्बन्धित पार्टीका वडा सभापतिलाई संयोजक चयन गरेको हो । बैठकले केही वडामा सल्लाहकार सदस्यसमेत चयन गरेको छ ।

पार्टी स्रोतले दिएको जानकारी अनुसार वडा नं १ मा रघुनाथ सापकोटालाई संयोजक र याम भुजेललाई सल्लाहकार चयन गरिएको छ ।

वडा नं २ मा देवीप्रसाद खरेल संयोजक र तेजबहादुर सुब्बा सल्लाहकार, वडा नं ३ मा प्रेमप्रसाद उप्रेती संयोजक, रामकुमार राजवंशी र कुमार कन्दङ्वा सल्लाहकार, वडा नं. ४ मा राम पौडेल संयोजक एवं जलकुमार गुुरुङ, घनश्याम चौधरी, नविन सिटौला, विष्णु मादेनलाई सल्लाहकार बनाइएको छ ।

यसैगरी वडा नं. ५ मा दिपक मेनेङ्बो संयोजक, रमेश चौधरी र लबकुमार चौधरी सल्लाहकार, वडा नं. ६ मा आशिस बन संयोजक, सूर्यप्रसाद कन्दङ्वा र विरेन मेचे सल्लाहकार, वडा नं. ७ मा मंगलसिंह साँवा संयोजक, राधा सुब्बालाई सल्लाहकार बनाइएको छ ।

यसैगरी वडा नं. ८ मा उत्तम कट्वाल संयोजक तथा धर्म लक्सम्बा र चिरञ्जीवि कार्की सल्लाहकार, वडा नं. ९ मा बासु अधिकारी संयोजक तथा तिलरुपा श्रेष्ठ र आसिस लिम्बू सल्लाहकार र वडा नं. १० मा मदन गुरुङ संयोजक र सल्लाहकारमा प्रभात मुखिया र सन्तोष गुरुङलाई चयन गरिएको छ ।

नेपाली कांग्रेस बिर्तामोड नगर समितिका सभापति भोजराज सिटौलाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सचिव दिवाकर प्रसाईले सहजीकरण गरेका थिए ।

सम्बन्धित खबर