२०८० फागुन १७, बिहिवार , ०३:३४:११ बजे

Sajhamanch
'

पुलिसको लगातार दोस्रो जित

मङ्गलवार, माघ २, २०८०

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपाल पुलिस क्लबले लगातार दोस्रो जित निकालेको छ । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पुलिसले कोसी प्रदेशलाई सात विकेटको पराजित गरेको हो ।

कोसीले प्रस्तुत गरेको १६७ रनको लक्ष्य पुलिसले २३.१ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । पुलिसको जितमा अर्जुन साउदले ६२ रन बनाए । कप्तान दीपेन्द्रसिंह ऐरीले ३८, दिलीप नाथले ३१, सुनील धमलाले १६ र कुशल भुर्तेल १२ रन जोडे ।

कोसीका कमल खत्रीले दुई र सोनु मण्डलले एक विकेट लिए ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको कोसीले सुजन थपलियाले शतकको साथमा ४८.२ ओभरमा सबै विकेट गुमाएर १६६ रन बनाएको थियो ।

सुजनले १२६ बलमा ६ चौका र आठ छक्कासहित १०५ रनको योगदान गरे । क्रिजको एक एन्डबाट लगातार विकेट गए पनि सुजनले अर्को एन्ड सम्हालेका थिए ।

आभ्युस तिम्सिनाले २३ र कप्तान अंकित सुवेदीले १० रन जोडे । यसबाहेक कोसीका अरू खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पुलिसका करण केसीले तीन विकेट लिए । सुनील धमला र ललित राजवंशीले समान दुई विकेट लिए । राशिद खान, सागर ढकाल र कुशल भुर्तेलले एकरएक विकेट हात पारे ।

जितसँगै पुलिस तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । लगातार तेस्रो हार व्यहोरेको कोसी पुछारमा छ ।

सम्बन्धित खबर