२०८० फागुन १७, बिहिवार , ०३:४८:४१ बजे

Sajhamanch
'

जंगली बँदेलको आक्रमणबाट महिलाको मृत्यु, एक घाइते

मङ्गलवार, माघ २, २०८०

डोटी । डोटीमा जंगली बँदेलको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । केआइसिंह गाउँपालिका–१ की ३५ वर्षीया जगुलीदेवी भुलको बँदेलको आक्रमणबाट आज मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक सीताराम विष्टका अनुसार बँदेलको आक्रमण गर्दा घाइते भएकी जगुलीको उपचारको क्रममा जिल्ला अस्पताल डोटीमा मृत्यु भएको हो ।

आज बिहान घरनजिकै घाँस काट्ने क्रममा बँदेलले आक्रमण गर्दा जगुलीसहित सोही ठाउँका ७२ वर्षीया भगी भुल घाइते भएका थिए । भुलको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । उनको टाउकोमा चोट लागेको जनाइएको छ । रा

सम्बन्धित खबर