२०८० फागुन ८, मङ्गलवार , ०५:५५:३९ बजे

Sajhamanch
'

कनकाई माईमा बेसहारा भएका व्यक्तिलाई लायन्सको सहयोग

मङ्गलवार, माघ २, २०८०

बिर्तामोड । कनकाई माईमा बेसहारा भएका एक व्यक्तिलाई लायन्स क्लब अफ बिर्तामोड लेडीले न्यानो लुगा र खानेकुरा प्रदान गरी मानवीयता दर्शाएको छ ।
छोराछोरीले माईमा पुर्याएर अलपत्र छोडेका बताउने एक व्यक्तिलाई ब्लान्केट, टोपी र खानेकुरा प्रदान गरिएको लायन्स क्लबका डिष्ट्रिक चिफ निरज ओलीले बताए । उनको कोही पनि नरहेको भनी जानकारी प्राप्त भएपछि सहयोग गरिएको ओलीले जानकारी दिए ।
लायन्स क्लब अफ बिर्तामोड लेडीकी अध्यक्ष निरु उप्रेती ओली लगायतले सो सहयोग प्रदान गरेका थिए । लायन्स क्लब अफ बिर्तामोड लेडीले विभिन्न मानवीय सहयोग गर्दै आएको छ ।
पाँच दिनअघि सो संस्थाले कनकाई ४ स्थित पुकार अपांग अशक्त समाजमा आश्रितहरुलाई पनि सहयोग गरेको थियो ।

सम्बन्धित खबर