२०८० फागुन ८, मङ्गलवार , ०४:४३:२९ बजे

Sajhamanch
'

माइमेलामा दर्शनार्थीको घुइचो, प्रहरीको सक्रियताले कनकाई पुलमा पैदल यात्री शून्य

सोमवार, माघ १, २०८०

शिवसताक्षी । झापाको कनकाई माइ मेला यस वर्ष निकै व्यवस्थित भएको देखिएको छ । अघिल्ला वर्षहरुमा भीडभाड हुने कनकाई पुलमा पैदल यात्रुको संख्या शून्य रहेको छ ।

शिवसताक्षी नगरपालिका वडा नं. १० स्थित कनकाई माइधाम वरपर भीड देखिए पनि जनपथ र ट्राफिक प्रहरीको सक्रियताले कनकाई पुलमा सवारी साधन सहज तरिकाले वार पार भएको थियो ।

मेला समिति संयोजक वडा नं. १० वडाध्यक्ष हर्क सिगुले २५० जना सुरक्षा कर्मी र नगर प्रहरी परिचालन गरिएको बताए ।
उनले मेलालाई अघिल्ला वर्षहरु भन्दा भक्तजनहरुको सुरक्षा र सावरी साधन जावत जावतलाई सहज बनाउन पर्याप्त मात्रामा स्वयमसेवक पनि परिचालन गरिएको जानकारी दिए ।

कनकाई माई पश्चिम माइधामबाट कनकाइ पूर्व कोटिहोम जानको लागि कनकाई पुल उत्तर अस्थायी रुपमा पुल निर्माण गरिएको थियो ।

मंकर संक्रान्ति माइ मेलाको हिजो शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थाप्रा, उपप्रमुख नगरमाया कार्कीले उद्घाटन गरेका थिए ।

माई मेलामा झापा, मोरङ, सुनसरी, धनकुटा, इलाम, पाँचथर ताप्लेजुङ्गलगायत भारतको सिलगुडी, सिक्किम, दार्जिलिङ्ग, असाम, मणीपुर, भुटानबाट पनि मकर नहाउन भक्तजनहरु आउने गरेका छन् ।

सम्बन्धित खबर