२०८० फागुन ८, मङ्गलवार , ०७:५८:२७ बजे

Sajhamanch
'

शिवसताक्षीको भेलामुनीबाट आमा छोरा बेपत्ता, खाजी गरिदिन परिवारको आग्रह

सोमवार, माघ १, २०८०

शिवसताक्षी। झापाको शिवसताक्षीबाट दुई वर्षीय छोरासहित एक महिला बेपत्ता भएकी छिन् । शिवसताक्षी नगरपालिका वडा नं. ५ भेलामुनीबाट छोरा रोहन ताजुपरियासहित २६ वर्षीय द्रोपती ताजपुरिया पौष २६ गतेदेखि बेपत्ता भएकी हुन् ।

उनी छोरासहित माइती जाने भनेर हिडेको वडाध्यक्ष सिकिन पासवानले जानकारी दिए । पासवानका अनुसार २६ गते माइत जाने भनेर घरबाट हिडेकी हुन् । पासवानले भने, माइतीमा बुझ्दा माइत पनि गएकी छै्रनन्, कही उनका आफ्तको घरमा पनि नभेटिए पछि नाती र बुहारीको खोजी गरिदिन ससुरा भानुदेव ताजपुरियाले वडा कार्यालयसँगै शिवगञ्जमा हुलिया बुझाएका छन् ।

कालो ज्याकेट र कुर्था सुरुवाल र झम्परजस्तो स्वीटर लगाएर घरबाट घरबाट निस्किएकी थिइन् । सुसुरा भानु ताजपुरियाले भने, बुहारीलाई कसैले देखेको खण्डमा नजिक्कैको प्रहरी कार्यालय, शिवसताक्षी नगरपालिका ५ नम्बर वडाकार्यालय वा आफ्नो मोवाईल नम्बर ९८१५९७६७६८ मा सम्पर्क गरिदिनुहुन आग्रह गर्दछु । बेपत्ता भएकी द्रोपती ताजपुरियाका श्रीमान वैदेशिक रोजगारीमा गएका छन् ।

सोमवार, माघ १, २०८० | समाज

सम्बन्धित खबर