२०८० फागुन १७, बिहिवार , ०४:००:४५ बजे

Sajhamanch
'

मोरङमा नाबालिग बलात्कार आरोपमा युवक पक्राउ

मङ्गलवार, पौष २४, २०८०

काठमाडौं । मोरङमा बलात्कारको आरोपमा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुन्दरहरैँचा नगरपालिका–९, ज्योति टोलका २४ वर्षीय श्याम बर्देवा छन् ।

बर्देवालाई सोमबार (हिजो) राति निन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । १४ वर्षीया नाबालिगको बलात्कार गरेको उनीमाथि आरोप छ ।

गएको शुक्रबार बर्देवाले आफ्नै घरमा लगेर बलात्कार गरेको भन्ने उजुरीपछि प्रहरी टोली खटिएको थियो । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

सम्बन्धित खबर