२०८० फागुन ९, बुधवार , ०८:५५:४८ बजे

Sajhamanch
'

इलाममा घरायसी विवादपछि छोराको हत्या, बुवा पक्राउ

मङ्गलवार, पौष २४, २०८०

काठमाडौं । इलाममा छोराको हत्या गरेको आरोपमा बुवा पक्राउ परेका छन् ।

१९ वर्षीय जीवन राईको हत्या गरेको आरोपमा माई नगरपालिका–६, बिहीबारे बस्ने ३६ वर्षीय दिलकुमार राईलाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

घरायसी विवादको क्रममा दिलकुमारले छोरालाई खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएका जीवनको बीएण्डसी अस्पताल विर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी महमाईबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जनाइएको छ ।

सम्बन्धित खबर