२०८० फागुन २०, आइतवार , ०३:४१:३६ बजे

Sajhamanch
'

मध्य सोमालियामा अल शबाबका ७६ लडाकु मारिए

सोमवार, पौष २३, २०८०

मध्य सोमालियामा अलशबाबका ७६ लडाकु मारिएका छन्। अन्तरराष्ट्रिय साझेदारहरूको समर्थनमा सोमाली सेनाले मुदुग क्षेत्रमा दुई दिनको अपरेसनपछि ७६ अलश बाब लडाकुलाई मारेको हो। अन्य कैयौँ घाइते भएका छन्।एसएनए प्रमुख इब्राहिम शेख मुहिदिनले अल–कायदासँग सम्बन्धित आतङ्ककारी समूह विरुद्धको सैन्य कारबाहीमा मारिएको अल शबाबका वरिष्ठ कमाण्डर पनि रहेको बताएक छन्।

सैन्य आक्रमणले अल शबाबका अड्डा र सवारीसाधन ध्वस्त पारेको छ भने सेनाले मध्य र दक्षिणी सोमालियामा लडाकुलाई उनीहरूको गढबाट परास्त गर्न अगाडि बढिरहेको छ।सरकारविरुद्ध लडिरहेको अल शबाब चरमपन्थी समूहले मध्य सोमालियामा स्थानीय मिलिशियाले समर्थन गरेको सरकारी सेनाबाट ठूलो दबाब र आक्रमणको सामना गरिरहेको छ। चरमपन्थी समूहलाई सन् २०११ मा मोगादिसुबाट परास्त गरिएको थियो तर यसले छिटफुट आक्रमण जारी राखेको छ।

सम्बन्धित खबर