२०८० फागुन १८, शुक्रवार , १०:३२:५३ बजे

Sajhamanch
'

शिवसताक्षीमा निजी तथा आवाशीय विद्यालय एसोसियसन नेपाल झापाको दोस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न

आइतवार, पौष २२, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षीमा राष्ट्रिय निजी तथा आवाशीय विद्यालय एसोसियसन नेपाल झापाको दोस्रो पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ।

शनिबार शिवसताक्षीको झिलझिलेमा एक कार्यक्रमको आयोजना गर्दै गएको असोजमा निर्वाचित कार्य समितिलाई पद तथा गोपनियताको सपथ ग्रहण गराइएको हो । नव निर्वाचित अध्यक्ष प्रेम लिम्बुको लागयत १३ सदस्यहरुलाई पदहस्तान्तरण गरिएको नव निर्वाचित अध्यक्ष प्रेम लिम्बुले जानकारी दिए ।

३ वर्षे कार्यकालका लागि प्रेम लिम्बूको नेतृत्व सहित प्रथम उपाध्यक्ष ओमबिक्रम नेम्बाङ,दृतिय उपाध्यक्ष मोहन आचार्य,सचिव भगिरथ राई,कोषाध्यक्ष गुणराज गिरी, सह–सचिव मान बहादुर लिम्बू,सह–कोषाध्यक्ष किरण अधिकारी गरी सदस्यहरुमा क्रमशः पुष्कर बुढाथोकी,हजेन्द्र बहादुर बस्नेत,मन कुमारी सुनदास,गोविन्द राजवन्शी र दुर्गा प्रसाद उप्रेती सर्वसम्मत चयन भएका थिए ।

संस्थाका पूर्व अध्यक्ष खिराज भट्टराईले माइनेट र चेक बुक हस्तान्तरण गरेर नयाँ समितीलाई बुझाएको थियो।

खिवराज भट्टराईको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख अतिथि नेशनल प्याब्सनका केन्द्रिय उपाध्यक्ष जय बहादुर श्रेष्ठ रहेका थिए । कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख मेघाहाङ थोप्रा, नेशनल प्याब्सनका केन्द्रिय सदस्य सन्जिव राई, झापा जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख राजकुमार विश्वकर्मा,प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
इलाका प्रहरी कार्यालय झिलझिलेका प्रमुख अनिश बुढाथोकी, कमल गा.पा वडा नं. ३ का वडाध्यक्ष अग्नी कोइराला लगायतको उपस्थित थियो।

कार्यक्रममा अनिता थापा,सन्जिव राई र राम राजवन्शीलाई सम्मान गरिएको थियो। कार्यक्रमको सञ्चालन ओमबिक्रम नेम्बाङले गरेका थिए।

आइतवार, पौष २२, २०८० | शिक्षा, समाज

सम्बन्धित खबर