२०८० फागुन ९, बुधवार , ०८:५४:३६ बजे

Sajhamanch
'

कोइराला कोसीको मुख्य न्यायाधिवक्ता नियुक्त

आइतवार, पौष २२, २०८०

विराटनगर । कोसी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा कानुन व्यवसायी रुपेश कोइराला नियुक्त भएका छन् ।

मुख्यमन्त्रीका जनसम्पर्क सल्लाहकार लीलाबल्लव घिमिरेले सरकारको कानुनी सल्लाहकारको रूपमा कोइरालालाई मुख्यमन्त्री केदार कार्कीले आज नियुक्त गरेको जानकारी दिए । कोइराला विराटनगरका कानुन व्यवसायी हुन् ।

कोइराला यसअघि वि.स.२०७८ चैतमा आन्तरिक मामिला तथा कानुन मन्त्रालयको अवैतनिक कानुन विज्ञको रुपमा नियुक्त भएका थिए ।