२०८० फागुन २०, आइतवार , ०४:५५:४७ बजे

Sajhamanch
'

वर्तमान सरकारले देशको हित विपरित काम गर्‍योः नेता खनाल

शनिवार, पौष २१, २०८०

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले वर्तमान गठबन्धन सरकारले आफैँ योजना बनाएर देशको विकास गर्ने अधिकार बचाउन नसकेको बताएका छन्।

शनिबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरम बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्। उनले नेपाल जस्तो स्वतन्त्र मुलुकले अरु कुनैपनि देशको दूतावासबाट सोझै रकम ल्याउने गरीकन कुनैपनि प्रकारका परियोजना बनाउने कुरा राष्ट्र हित विपरीत भएको दाबी गरे।

छिमेकी देशले दिने अनुदान आफूहरु सहस्र स्विकार्न तयार रहेको तर कुनैपनि देशको दूतावासबाट सोझै रकम ल्याउने सम्झौता हुनु देशको लागि नराम्रो भएको उनको भनाइ थियो।

सम्बन्धित खबर