२०८० फागुन १७, बिहिवार , ०१:४८:३८ बजे

Sajhamanch
'

राष्ट्रवादका नाम विरोध गर्नुको अर्थ छैन : पर्यटनमन्त्री

शनिवार, पौष २१, २०८०

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले नेपाल र भारतबीच भएको सम्झौता मुलुकको आर्थिक विकासका निम्ति महत्त्वपूर्ण रहेको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले आउँदो १० वर्षमा १० हजार मेगावाट बिजुली भारत निर्यात गर्नेसम्बन्धी सम्झौताले मुलुकको आर्थिक सम्भावनाको ठूलो ढोका खुलेको उल्लेख गरे । उनले राष्ट्रवादको नाम दिएर मुलुकको हितमा रहेका कुरालाई विरोध गर्नुको कुनै अर्थ नरहेको बताए ।

मन्त्री किरातीले जनताको जीवनस्तर उकास्न साना–साना व्यापार–व्यवसायलाई प्रोत्साहन गर्नुपर्ने भएकाले आफूले त्यसलाई महत्त्वका साथ स्थान दिएको जिकिर गरे ।

उनले कृषिलाई पर्यटनसँग जोड्न आफूले अधिकतम प्रयास गर्ने पनि बताए ।

सम्बन्धित खबर