२०८० फागुन १८, शुक्रवार , ०४:४५:३२ बजे

Sajhamanch
'

राष्ट्रियसभा निर्वाचनमा एमालेले सबै १९ स्थानमा उम्मेदवारी दिने

शुक्रवार, पौष २०, २०८०

काठमाडौँ । नेकपा एमालेले राष्ट्रियसभामा रिक्त रहेका सबै सिटमा उम्मेदवार दिने भएको छ ।

पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनमा १९ वटै सिटमा मनोनयन दर्ता गर्ने निर्णय गरेको हो ।

पार्टीका महासचिव शङ्कर पोखरेलले बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उक्त बैठकमा सातवटै प्रदेश कमिटीबाट आएका सिफारिसलाई ‘कलस्टर’ अनुसार प्रारम्भिक छलफल गरिएको बताउँदै सबै रिक्त पदहरुमा उम्मेदवारी दिइने बताएका हुन् ।

एमालेले एक महिलासहित प्रत्येक प्रदेशबाट तीनजनाको नाम सिफारिस गर्न प्रदेश कमिटीलाई निर्देशन दिएको थियो ।

“सिफारिस भई आएका उम्मेदवारका नाम कलस्टर अन्तर्गत पर्ने नपर्ने र प्रमाणित हुने नहुने भन्ने विषय स्पष्ट भएर उम्मेदवारी दर्ताको तयारी गरेका छौँ” महासचिव पोखरेलले बताएका थिए ।