२०८० फागुन ९, बुधवार , ०८:५३:४४ बजे

Sajhamanch
'

बिर्तामोड नगरपालिका : १६० जना विपन्न एवम् ज्येष्ठ नागरिकलाई एक–एक थान कम्बल प्रदान

शुक्रवार, पौष २०, २०८०

बिर्तामोड । बिर्तामोड नगरपालिकाले नगर क्षेत्रका विपन्न एवम् ज्येष्ठ नागरिकहरुलाई एक–एक थान कम्बल वितरण गरेको छ । नगरपालिका कार्यालयमा शुक्रबार विशेष कार्यक्रमको आयोजना गरी १६० जनालाई कम्बल वितरण गरिएको हो ।

नगरका सबै वडाबाट संकलन गरिएको नामका आधारमा जाडोमा ओढ्नको लागि न्यानो कम्बल वितरण गरिएको नगरको महिला तथा बालबालिका शाखाले जनाएको छ । कार्यक्रममा बोल्दै नगरप्रमुख पवित्रा महतारा प्रसाईले जाडोले ज्येष्ठ नागरिक बढी पीडित हुने भएका कारण कम्बल वितरण गरिएको बताइन् ।

२०७४ को निर्वाचन पछि नगरका सबै टोलमा पुगेर अनुगमन गर्दा सिरक नभएर अगेनाको छेउमा सुतेर रात बिताएको देखेपछि नगरपालिकाले वर्सेनी कम्बल वितरण कार्यक्रमको गरिरहेको उनको भनाई थियो ।

नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको अध्यक्षतामा आयोजित सो कार्यक्रममा बोल्दै उनले गरिबीको रेखामुनि रहेका जेष्ठ नागरिकलाई पुस, माघको जाडो छल्न कम्बल वितरण गरिएको बताए ।

यसवर्ष छुटेका ज्येष्ठ नागरिकहरुलाई अर्को वर्ष समेट्ने उनले जानकारी दिए । नगरपालिकाले आगामी दिनमा योजना बनाएर ज्येष्ठ नागरिकको स्वास्थ्य जाँचमा समेत काम गर्ने उपप्रमुख संग्रौलाले जानकारी दिए ।

नगरपालिकाले गएका वर्षहरुमा प्रत्येक वडाबाट १०/१० जनाको दरले १०० जनालाई कम्बल वितरण गर्दै आएको थियो । यसवर्ष यसको संख्या बढाइएको हो ।

नगरपालिकाले ज्येष्ठ नागरिकलाई कम्बल लिन आउँदा जाँदा लाग्ने भाडाको समेत व्यवस्था गरेको थियो । वडाको सिफारिसका आधारमा कम्बल वितरण गरिएको सामाजिक विकास अधिकृत डिल्ली दाहालले जानकारी दिए ।

भिडियो हेर्नुस् :

https://fb.watch/pnP9gTzogq/?mibextid=9R9pXO

 

शुक्रवार, पौष २०, २०८० | जिल्ला समाचार, समाज

सम्बन्धित खबर