२०८० फागुन ९, बुधवार , ०८:५३:४३ बजे

Sajhamanch
'

दुधे आयुर्वेद औषधालयद्वारा दुई सय स्तनपायी आमाहरुलाई दुग्धबर्धक औषधि वितरण

शुक्रवार, पौष २०, २०८०

शिवसताक्षी । शिवसताक्षी नगरपालिकाका स्थित दूधे आयुर्वेद औषधालयले स्तनपायी सुत्केरी आमाहरुलाई मातृशिशु सुरक्षार्थ दुग्धबर्धक जडिबुटी जन्य औषधि वितरण गरिएको छ ।

आयुर्वेद औषधालयले आज स्तनपायी आमा तथा शिशुको स्वास्थ्य पवद्र्धन कार्यक्रम अन्तर्गत शिवसताक्षी नगरपालिका वडा नं. ११ को कार्यालयमा एक कार्यक्रम गरी २ सय जना सुत्केरी महिलाहरुलाई औषधी वितरण गरेको हो ।

उनीहरुलाई शिवसताक्षी नगरपालिकाकी उपप्रमुख नरमाया कार्की, प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर र वडाध्यक्ष बहादुर आङ्गबोले औषधि वितरण गरेका हुन् ।

औषधि वितरण कार्यक्रममा बोल्दै उपप्रमुख कार्कीले आमा र बच्चाको स्वास्थ्य सुधारको लागि जरिबुटी जन्य औषधी अति उपयोगी हुने बताउदै सहि तरिकाले सेवन गर्न सुझाव दिइन् । उनले कतिपय सुत्केरी महिलाहरुलाई आमाको दुध नआउने समस्या भएकाहरुलाई औषधि प्रभावकारी हुने समेत जानकारी दिइन् ।

आयुर्वेद औषधालयले ६ महिना यता सुत्केरी भएका महिलाहरुलाई आमा र बच्चाको सुरक्षार्थ औषधि वितरण गरेको दुधे आयुर्वेद औषधालयका कविराज निरिक्षक राजेन्द्र पोख्रेलले जानकारी दिए। उनले जडिबुटी जन्य शतावरी चूर्ण, ज्वानो चुर्ण र दशमुल तेल वितरण गरिएको बताए ।

सुत्केरी महिलामा हुने पोषणको कमी र व्यायाम अभावसाथै दूषित भोजनद्वारा दूधमा आउने खराबी हटाई दूधलाई शुद्ध पार्ने र महिलामा दूधको मात्रा बढाउन लागि औषधिले प्रभावकारी रुपमा काम गर्ने कविराज पोख्रेलले जानकारी दिए । उनका अनुसार प्रति व्यक्ति ८ सय बराबरको औषधि वितरण गरिएको हो ।

कार्यक्रममा सुत्केरी महिला तथा शिवसताक्षी नगरपालिकाका महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई अभिमुखिकरण समेत गरिएको थियो । अभिमुखिकरणको शिवसताक्षी नगरपालिकाका स्वास्थ्यकर्मी संजय ठकुरीले सहजीकरण गरेको दुधे आयुर्वेद औषधालयले जनाएको छ ।

कार्यक्रममा शिवसताक्षी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतबहादुर राई, वडाध्यक्ष बहादुर आङ्गबो लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालक कविराज तथा निरिक्षक राजेन्द्र पोख्रेलले गरेका थिए ।

शुक्रवार, पौष २०, २०८० | विविधा, स्वास्थ्य

सम्बन्धित खबर