२०८० फागुन २०, आइतवार , ०२:३६:५१ बजे

Sajhamanch
'

राष्ट्रियसभा निर्वाचन : आज मतदाता नामावली प्रकाशन हुँदै

शुक्रवार, पौष २०, २०८०

काठमाडौंं । राष्ट्रियसभा सदस्य निर्वाचनअन्तर्गत आज ९पुस २० गते० मतदाता नामावली प्रकाशन गरिनेछ । निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ ।

प्रकाशित मतदाता नामावलीउपर दाबी विरोधलगायत कार्य आजैदेखि सुरु हुनेछ । पुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ ।

पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन दर्ता गरिनेछ । पुस २७ गते उमेदवारको अन्तिम नामावली प्रकाशन गरिनेछ ।

पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने निर्वाचन कार्यतालिका छ ।

माघ ११ गते बिहान ९ देखि दिउँसो ३ बजेसम्म मतदान गरिनेछ । मतदान सकिएपछि सोही दिनै मतगणना गरिने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद आर्यालले जानकारी दिएका छन् ।

माघ ११ गते राष्ट्रियसभामा रिक्त १९ पदका लागि निर्वाचन हुँदै छ ।

सम्बन्धित खबर