२०८० फागुन ९, बुधवार , ०८:५२:५२ बजे

Sajhamanch
'

संसदीय क्यालेन्डर बनाउने गृहकार्य गर्दै सभामुख

बिहिवार, पौष १९, २०८०

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदीय क्यालेन्डर बनाउने गृहकार्य अघि बढाएका छन् ।

प्रारम्भिक क्यालेन्डर बनाएरै सभामुख घिमिरेले बुधबार संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका सचेतक र प्रमुख सचेतकसँग छलफल गरेका थिए । बिहीबार कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङसँग छलफल गरेका छन् ।

हप्तामा तीन दिन हाउस र तीन दिन संसदीय समिति चलाउने लगायतका प्रस्ताव गरिएको छ । बढीमा एक महिनाको क्यालेन्डर बनाउने र त्यसपछि आवश्यकता अनुसार परिमार्जन गरेर जान सकिने गरि संसदीय क्यालेण्डर बनाउने गरि गृहकार्य अगाडि बढेको संसद सचिवालयले जनाएको छ ।

शुन्य समय, विशेष समयलाई व्यवस्थित गर्नेदेखि विधेयकमाथिको छलफलको विषयलाई पनि क्यालेण्डरमै राख्ने तयारी छ ।

सम्बन्धित खबर