२०८० फागुन १८, शुक्रवार , ०९:३१:२३ बजे

Sajhamanch
'

पाराबारी भेट्रान कपको आय व्यय सार्वजनिक तथा कार्यालय उद्घाटन

शनिवार, मंसिर २३, २०८०

शिवसताक्षी । पाराबारी भेट्रान क्लबले प्रथम पाराबारी अन्तरपालिका भेट्रान कपको आय व्यय सार्वजनिक गरेको छ । गएको असाज २४ गतेदेखि ३० गतेसम्म शिवसताक्षी ३, भानु माविको खेल मैदानमा सञ्चालन गरेको भट्रान कपको आय व्यय सार्वजनिक गरेको हो ।

आज एक कार्यक्रम गर्दै पाराबारी भेट्रानले पाराबारी बजारमा आफ्नो कार्यालयको उद्घाटन गर्दै आय व्यय सार्वजनिक गरेको हो । भेट्रान कप सञ्चालन गर्दा ४ लाख ३७ हजार ३८१ आम्दानी र ४ लाख ३ हजार ७६० खर्च भएको पाराबारी भेट्रान क्लबको सचिव सुवास तामाङ्गले जानकारी दिए ।

भट्रान कपका लागि शिवसताक्षी नगरपालिकाबाट ७० हजार, वडा नं. ३ बाट, ५० हजार, वडा नं. ५ बाट १० हजार, वडा नं. ११ बाट ७ हजार, वडा नं. २ र १ बाट ५÷५ हजार सहयोग रहेको पाराबारी भट्रान क्लबले जनाएको छ । त्यस्तै विभिन्न संघ संस्था, स्वदेश तथा विदेशबाट २ लाख ९० हजार ३ सय ८१ सहयोग उपलब्ध भएको क्लबको सचिव तामाङ्गले जानकारी दिए ।
त्यसै गरी प्रथम पुरस्कार ५० हजार, द्वितीय पुरस्कार ३० हजार, रेफ्रि खर्च १५ हजार, आयोजकलाई जर्सी ४२ हजार ५५० खर्च भएको आयोजकले जनाएको छ । भोलेन्टियर, खेल मैदान मर्मत, टेन्ड व्यवस्थापन, प्रचार प्रसार लगायतका सम्पूर्ण खर्च गरेर हाल क्लबमा ३३ हजार ७२१ रकम बचत गरेको बताइएको छ ।

कार्यालयको उद्घाटन वडा नं. ३ का वडाध्यक्ष भाष्कर न्यौपानेले गरेका जसमा क्लबको कार्यालयमा फर्निचर व्यवस्थान गरेर केही रकम क्लबको कोषमा राखिने समेत सचिव तामाङ्गले जानकारी दिए ।

थिए । उनले पाराबारीमा अन्तर पालिका स्तरीय भेट्रान कपको आयोजना गरेर हाम्रो वडालाई पनि चिनाउने काम गरेकोमा पारबारी भेट्रान क्लबलाई धन्यवाद दिएका थिए । आगामी दिनमा पाराबारीको खेल मैदानमा पनि यस्ता खेलहरुको आयोजना गरिने उनले बताए ।

पाराबारी भेट्रान कप सञ्चालनमा स्वयम सेवीको रुपमा खटिने भाई बहिनीहरुलाई प्रशंसा पत्र वितरण गरिएको थियो । उनीहरुलाई वडाध्यक्ष न्यौपाने, वडा सदस्य लासाङ्ग दोर्जे तामाङ्ग, क्लबका सल्लाहकार तथा शान्ति आधारभुत विद्यालयका प्र.अ विष्णु प्रसाद भट्टराई लगायतले वितरण गरेका थिए । क्लबका अध्यक्ष मनकुमार लिम्बुले भेट्रान कप सफल बनाउन विभिन्न स्थानबाट सहयोग गर्ने दाता तथा प्रत्यक्ष खेलमा विभिन्न विधामा रहेर काम गर्नु हुने सम्पूर्ण खेलाडी, स्वयम सेवक, संघ संस्था र क्लबको साथीहरुलाई धन्यवाद ज्ञपान गरेका थिए । पाराबारी भेट्रान कपको उपाधि विर्तामोडले उचालेको थियो ।

शनिवार, मंसिर २३, २०८० | खेलकुद, समाज

सम्बन्धित खबर