२०८० फागुन १८, शुक्रवार , ०९:३१:१० बजे

Sajhamanch
'

परराष्ट्रमन्त्री साउद कतार प्रस्थान

शनिवार, मंसिर २३, २०८०

काठमाडौं । दोहा २१ औँ सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री एनपी साउद कतार प्रस्थान गरेका छन् । परराष्ट्रमन्त्री साउद शनिबार बिहान ७ः४५ बजे कतार एयरलाइन्सको विमानबाट दोहा प्रस्थान गरेका हुन् ।

परराष्ट्रमन्त्री साउदले आइतबारदेखि कतारमा सुरु हुने दोहा २१ औँ फोरममा हुने उच्चस्तरीय भेटमा इजरायलमा वेपता विपीन जोशीको रिहाइको विषय उठाउने बताइएको छ ।

कतारमा उनले समकक्षीसँगै विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखारीसँग विपीनका बारेमा कुराकानी गर्ने कार्यतालिका तय भएको छ ।

मन्त्री साउदले यसअघि मंसिर ८ गते राज्यमन्त्री मुखारीसँग परराष्ट्र मन्त्रालयमा भएको भेटमा पनि जोशीको रिहाइका लागि पहल गरिदिन आग्रह गरेका थिए । उनले मंसिर ७ गते इजरायलका राजदूत हनान गोडरलाई मन्त्रालयमा बोलाएर जोशीको रिहाइका बारेमा कुरा गरेका थिए ।

सम्बन्धित खबर