२०८० फागुन १८, शुक्रवार , ०८:४६:३० बजे

Sajhamanch
'

 झापाको अर्जुनधारामा सातदिने वृहत योग शिविर संञ्चालन

बुधवार, मंसिर २०, २०८०

झापा । पातञ्जलि योग समिति नेपालको आयोजना र अर्जुनधारा जलेश्वरधामको व्यवस्थापनमा झापामा सातदिने वृहत योग शिविर संञ्चालन भैरहेको छ ।

झापाको अर्जुनधारा ७ स्थित अर्जुनधारा जलेश्वरधामको प्राङ्गणमा यही मंसिर १९ गते बाट सुरु भएको वृहत योग शिविर आगामी मंसिर २४ गते सम्म संचालन हुने पतञ्जलि योग समिति झापाका अध्यक्ष देबी प्रसाद घिमिरेले जानकारी दिए ।

शिविरमा झापाका १५ वटै पालिकाबाट सक्रिय सहयोग शिक्षक तथा सर्वसाधरणको उल्लेखनीय पस्थिती रहेको छ । दैनिक विहान ४ बजे देखि ७ बजे सम्म सञ्चालन रहने शिविरमा उपस्थित सहभागीलाई पातञ्जलि योग समिति नेपालका केन्द्रिय प्रभारी लवदेब मिश्र, युवा समिति संयोजक लोकनाथ खनाल, केन्द्रिय सदस्य टिका प्रसाद खतिवडा लगायतले शिविरमा सहजीकरण गरिरहेका छन् ।

त्यस्तै बालाचतुर्दशीका दिन बिहान आयुर्वेद शिरोमणी वालकृष्ण आचार्यले आहार विहार र योगका विषयमा तथा दिउसो झापामा जडीबुटी उत्पादनको सम्भावना, र झापालाई कसरी योग नगरी बनाउन सकिन्छ भन्ने विषयमा छलफल तथा अन्तककृया गर्ने कार्यक्रम तय भएको अध्यक्ष घिमिरेले बताए ।

जलेश्वरधाममा बालाचतुर्दशीका दिन एक देखी डेढलाख भक्तजनको उपस्थिती हुन सक्ने भएकोले त्यसको समेत आवास र भोजनको व्यवस्थापन भैरहेको समेत घिमिरेले बताए ।

बुधवार, मंसिर २०, २०८० | समाज

सम्बन्धित खबर