२०८० फागुन १८, शुक्रवार , ०८:५४:३४ बजे

Sajhamanch
'

भारतीय वायुसेनाको विमान दुर्घटना : दुई पाइलटको मृत्यु

सोमवार, मंसिर १८, २०८०

मेडक । भारतीय वायुसेनाको विमान दुर्घटना हुँदा दुई पाइलटको मृत्यु भएको छ ।

दुईजना भारतीय वायुसेना (आईएएफ) पाइलटहरू सवार पिलाटस ट्रेनर विमान सोमबार बिहान तेलंगानाको मेडक जिल्लाको टुप्रन सहरमा दुर्घटनाग्रस्त भएको आईएएफ अधिकारीहरूले जनाएका छन् ।

अधिकारीहरूका अनुसार डिन्डिगुल जिल्ला नजिकै एयर फोर्स एकेडेमीमा तालिमका क्रममा बिहान ८:५५ बजे सो दुर्घटना भएको हो । पाइलटहरूमा एकजना प्रशिक्षक र अर्का क्याडेट हुन् ।

एसपी रोहिणीले दिएको जानकारी अनुसार यो डन्डिगुल ट्रेनिङ एयरक्राफ्ट हो । विमान भित्र दुई जना सवार थिए । तिनमा एकजना ट्रेनर र अर्का प्रशिक्षार्थी थिए । विमानस्थलका कर्मचारी र क्लू टोली घटनास्थल पुगेका छन् । दमकलले आगो निभाइरहेको छ । दुर्घटनाबारे अनुसन्धान जारी छ ।

सम्बन्धित खबर