२०८० फागुन १८, शुक्रवार , ०८:५३:४३ बजे

Sajhamanch
'

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै,

सोमवार, मंसिर १८, २०८०

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक आज बस्ने भएको छ । एकीकृत समाजवादीका कार्यालय सचिव जीवनराम श्रेष्ठका अनुसार बैठक केन्द्रीय कार्यालय आालोकनगरमा बिहान ११ः३० बजे बस्नेछ ।

बैठकमा पार्टीको महाधिवेशन, राष्ट्रियसभा निर्वाचनलगायत विषयमा छलफल हुने श्रेष्ठले जानकारी दिए ।एकीकृत समाजवादीले पार्टीको महाधिवेशन माघको १४–१८ गतेसम्म गर्ने निर्णय गरिसकेको छ । तर, महाधिवेशनको मिति सार्ने तयारी भइरहेको नेताहरु बताउँछन् ।“महाधिवेशनबारे छलफल गर्ने सचिवालय बैठकको एजेन्डा छ । त्यसबारे थप निर्णय सोही बैठकबाट हुनेछ,” श्रेष्ठले भने ।

सम्बन्धित खबर