२०८० फागुन १८, शुक्रवार , ०८:४३:५१ बजे

Sajhamanch
'

सोमालियामा बाढीबाट १०० को मृत्यु

शनिवार, मंसिर १६, २०८०

सोमालियामा भारी वर्षाका कारण आएको बाढीका कारण झण्डै १०० जनाको मृत्यु भएको छ। बाढीबाट करिब ७ लाख ५० हजार मानिस घरबारविहीन भएको मानवीय मामिलाको समन्वयका लागि संयुक्त राष्ट्रसंघको कार्यालयले शुक्रबार जनाएको छ। देश विपत्तिमा छ, विनाशकारी वर्षा र बाढी फैलिरहेको छ, एजेन्सीले उल्लेख गरेको छ।

मुसलधारे वर्षाले नदीमा पानीको बहाव बछेपछि दक्षिण पश्चिम, गाल्मुडुग, पुन्टल्याण्ड, हर्साबेले र जुबाल्याण्ड, साथै बानादिर क्षेत्रका अधिकांश मानिसहरूप प्रत्यक्ष प्रभावित भएका छन्।संयुक्त राष्ट्रसंघ मानवीय एजेन्सीले जनाएअनुसार लाखौं सोमालीहरूले भोक र कुपोषणसँग लडिरहेक बेला प्राकृतिक विपत्तिले स्थिति झन् दर्दनाक बनाएको छ। पाँच वर्ष मुनिका १५ लाख बालबालिका कुपोषणको चरम पीडाको सामना गरिरहेका छन्।

सम्बन्धित खबर