२०८० फागुन १८, शुक्रवार , ०९:४५:५१ बजे

Sajhamanch
'

वाग्मतीसहित यी प्रदेशमा हुनेछ हिमपात र वर्षा

शुक्रवार, मंसिर १५, २०८०

काठमाडौं । देशका केही भू–भागमा आज वर्षा र हिमपातको सम्भावना छ । पहाडी भू–भागमा वर्षा र हिमपातको सम्भावना छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ ।पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ ।जल तथा मौसम विज्ञान विभागले दिउँसो कोसी, मधेस, वाग्मती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जनाएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

कोसी प्रदेशको पहाडी भू–भागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । कोसी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।विभागले आज राति कोसी, मधेस, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।गण्डकी र कोसी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

शुक्रवार, मंसिर १५, २०८० | Weather, समाज

सम्बन्धित खबर