२०८० मंसिर १८, सोमवार , ०४:२७:३८ बजे

Sajhamanch
'

धनगढीमा आगलागी हुँदा अस्पतालसहित आधा दर्जन पसलमा क्षति

शनिवार, मंसिर २, २०८०

काठमाडौं । धनगढीमा आगलागी हुँदा ठूलो परिमाणमा क्षति भएको छ । एक अस्पतालसहित आधादर्जनभन्दा बढी पसलमा आगलागी हुँदा ठूलो परिमाणमा धनमाल क्षति भएको हो ।

गएराति १ बजे धनगढी उपमहानगरपालिका–१ मा रहेको भण्डारी जनरल स्टोरमा विद्युत् सर्ट भएर सुरु भएको आगलागी सारथी अस्पताल, सपिङ सेन्टर, मधुमाला देवी सप, सुभिक्षादेवी सपिङ सेन्टर, न्यु सदीक्षा इन्टरप्राइजेज र भण्डारी सु–सेन्टर ट्रेडर्स एण्ड सप्लायर्समा फैलिएको प्रहरीले जनाएको छ ।

आगलागी नियन्त्रणका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीसँगै चारवटा दमकल परिचालन गरिएको थियो ।

सम्बन्धित खबर