२०८० मंसिर १८, सोमवार , ०१:२३:३७ बजे

Sajhamanch
'

झाडीमा सालनालसहितको शिशु भेटियो

शुक्रवार, मंसिर १, २०८०

काठमाडौं । हेटौँडाको हुप्राचौरको एक झाडीमा सालनालसहित नवजात शिशु भेटिएको छ । बच्चा रोइरहेको आवास सुनेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

सालनालसहितको शिशु यत्तिकै झाडीमा फालिदिँदा उनका खुट्टा र हातमा सामान्य घाउ लागेको छ । प्रहरीले उद्धार गरी अस्पताल पुर्‍याएको नवजात शिशुलाई मानव सेवा आश्रमले संरक्षणमा लिएर उपचार गराइरहेको छ ।

हेटौँडा अस्पतालमा उपचाररत शिशुको अवस्था सामान्य रहेको मानव सेवा आश्रम मकवानपुरकी संयोजक ईशा थापाले बताइन् ।

शिशु कसले सडकमा ल्याएर फालेको भन्ने खुलेको छैन । यस सम्बन्धमा अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक रुद्र पराजुलीले बताए ।

शुक्रवार, मंसिर १, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर