२०८० मंसिर २४, आइतवार , ०६:०५:४७ बजे

Sajhamanch
'

कीर्तिपुर अस्पतालमा उपचाररत २५ मध्ये आठजनाको अवस्था गम्भीर

बिहिवार, कार्तिक ३०, २०८०

काठमाडौं । उर्लाबारी घटनाका घाइतेमध्ये काठमाडौंको कीर्तिपुर अस्पतालमा उपचाररत आठजनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । उपचाररत २५ मध्ये आठजनाको अवस्था गम्भीर रहेको कीर्तिपुर अस्पतालका जलन उपचार विभाग प्रमुख डा. किरण नकर्मीले बताए ।

उनका अनुसार घाइते आठजनाको शरीरमा ४० देखि ६५ प्रतिशतसम्म जलन भएको छ । अन्यको अवस्था भने सामान्य रहेको डा. नकर्मीले बताए । शरीरको २० प्रतिशत बढी भाग जल्नुलाई ‘मेजर बर्न’ भनिन्छ ।

यस्तो जलनले शरीरका अन्य अंगहरूलाई असर गर्ने र रोग प्रतिरोधी क्षमता कम हुँदै जान्छ । ४० प्रतिशत भाग जलेमा शरीरका अन्य अंगबाट छाला लिएर प्रत्यारोपण कठिन हुने विशेषज्ञहरू बताउँछन् ।

गत कात्तिक २६ गते मोरङको उर्लाबारी – ७, बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २७ जना घाइते भएका थिए । तीमध्ये २५ जनालाई नेपाली सेनाको विमानमार्फत् काठमाडौं ल्याइएको थियो ।

सम्बन्धित खबर