
बैतडी ।बैतडीमा भिरबाट लडेर एक पुरुषको मृत्यु भएको छ। डिलासैनी गाउँपालिका–७ का ५० वर्षीय नरेन्द्रबहादुर ऐरको भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक खेमविक्रम केसीले जानकारी दिए।
सोमबार राति ८ बजे घरबाट स्थानीय बजार द्वाली जान्छु भनि हिँडेका ऐर मनेकुडास्थित बाटोबाट लडेर २ सय मिटर तल खसी मृत अवस्थामा फेला परेका हुन्।
ऐरको शव मंगलबार बिहान फेला परेको हो। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।