२०८० मंसिर १८, सोमवार , ०४:२७:३१ बजे

Sajhamanch
'

जाजरकोटमा भूकम्पबाट एक लाख ८० हजार जना प्रभावित

बुधवार, कार्तिक २२, २०८०

जाजरकोट । जाजरकोटमा गत शुक्रबार गएको भूकम्पबाट करिब एक लाख ८० हजार नागरिक प्रभावित भएका छन् ।

जिल्लामा कुल ३४ हजार ५०१ घरधुरीका एक लाख ७९ हजार ८९३ नागरिक भूकम्पबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।

जिल्लामा ९ हजार १८६ घरधुरीका ६७ हजार १७४ जनसंख्या विस्थापित बनेको छ ।

प्रशासनको तथ्यांकअनुसार जिल्लाका ७ स्थानीय तहका ९ हजार ९७४ घर पूर्णरुपमा भत्किएका छन् भने २४ हजार ७०७ घरमा आंशिक क्षति पुगेको छ ।

जाजरकोटमा मात्रै भूकम्पबाट १०१ जनाको मृत्यु भएको छ।

बुधवार, कार्तिक २२, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर