२०८० असोज ५, शुक्रवार , ११:३९:३३ बजे

Sajhamanch
'

संविधान दिवसमा विभूषण घोषणा नगर्ने, अध्ययनका लागि कार्यदल गठन गर्ने

शुक्रवार, भदौ २९, २०८०

काठमाडौं । सरकारले यस वर्ष संविधान दिवसका अवसरमा विभूषण नबाँड्ने निर्णय गरेको छ ।

आज बसेको मन्त्रिपरिषद् बैठकले असोज ३ गते संविधान दिवसका अवसरमा दिँदै आएको विभूषण नबाड्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषद् बैठकले विभूषणसम्बन्धी अध्ययन गरी प्रतिवेदन पेस गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

“संविधान दिवसको अवसरमा सम्माननीय राष्ट्रपतिज्यूबाट प्रदान गरिने विभूषण वितरण कार्यलाई मर्यादित एवं थप व्यवस्थित गरी विभूषणको गरिमा बढाई राष्ट्रको सम्मानको रुपमा स्थापित गर्न अन्तर्राष्ट्रिय अभ्यास र विभूषणसम्बन्धी प्रचलित कानुनसमेतको अध्ययन गरी तीन महिनाभित्र प्रतिवेदन पेस गर्ने गरी कार्यदल गठन गर्ने । हाललाई विभूषण वितरण कार्य स्थगन गर्ने,” सरकारको निर्णयमा भनिएको छ ।

सम्बन्धित खबर