२०८० असोज ५, शुक्रवार , ११:३८:२८ बजे

Sajhamanch
'

गौहत्याको विरोधमा राप्रपाको प्रदर्शन

बुधवार, भदौ २७, २०८०


काठमाडौं । गौवंश हत्या, भ्रष्टाचारका काण्डको पूर्णछानबिन गर्नुपर्नेलगायतका माग राख्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले उपत्यकाकेन्द्रित विरोध प्रदर्शन गरेको छ ।

भ्रष्टाचारमा संलग्न उच्च राजनैतिक नेतृत्वलाई छानबिनको दायरामा ल्याउन, सुन तस्करीलगायतका भ्रष्टाचारका काण्डमा संलग्नको पूर्णछानबिन गर्न दबाबका साथै गौवंश हत्या रोक्नुपर्ने भन्दै राप्रपाले काठमाडौंको भृकुटीमण्डपबाट शान्तिबाटिकासम्म विरोध र्यालीसहित प्रदर्शन गरेको हो ।

उनीहरुले गौहत्या बन्द गर, हिन्दुराष्ट्र कायम गर, गणतन्त्र खारेज, विदेशी दलाल होसियारलगायतका नारा लगाएका थिए ।

हिन्दुत्वको रक्षा एवं हिन्दुराष्ट्र र राजसंस्थाको पुनःस्थापनाका लागि दबाब दिन पनि विरोध प्रदर्शन गरिएको राप्रपाले जनाएको छ ।

विरोध प्रदर्शनमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता डा प्रकाशचन्द्र लोहनीलगायतका शीर्ष नेताहरु पनि सहभागी थिए ।

सम्बन्धित खबर