
काठमाडौँ । प्रतिनिधि सभाको बैठक भदौ २८ गते बस्ने भएको छ।
भोलि (भदौ २७) गतेका लागि पूर्वनिर्धारित बैठक प्रतिनिधि सभा सदस्य एवं पूर्व सभामुख सुवास नेम्वाङको निधनका कारण एक दिन पछि सारिएको संघीय संसदका महासचिव भरतराज गौतमले जानकारी दिए।
बैठक दिउँसो ३ बजे बस्नेछ। संविधान सभाका अध्यक्ष नेम्वाङको सोमबार राति हृदयघातका कारण निधन भएको थियो। उनको पार्थिव शरीरलाई अहिले नेकपा (एमाले)को केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ।