२०८० असोज ९, मङ्गलवार , ०२:३६:५४ बजे

Sajhamanch
'

सांसद–डीएसपी विवाद : फुङलिङ शान्त, छानबिन हुँदै

सोमवार, भदौ २५, २०८०

विराटनगर । ताप्लेजुङको फुङलिङमा केही दिनदेखि स्थानीय प्रहरी प्रशासन र कांग्रेस कार्यकर्ताबिच भएको विवाद साम्य हुँदै गएको छ ।

भदौ २१ गते फुङलिङमा आयोजित मेलामा सादा पोसाकका प्रहरीले मेला हेर्न आएका स्थानीयलाई जिस्क्याएको निहुँमा कांग्रेस सांसद खगेनसिंह हाङ्गाम र डीएसपी राजन लिम्बूबिच प्रतिष्ठाको लडाइँ बनेको थियो । विवाद चर्केपछि हाङ्गामले डीएसपी लिम्बूको परिवारकै हत्या गर्ने धम्की दिएका थिए ।

उक्त घटना चर्किदै गएपछि कोशी प्रदेश प्रहरी कार्यालयले प्रहरी उपरीक्षक ऋषिराम कँडेलको नेतृत्वमा ४ सदस्यीय छानबिन समिति गठन गरिएको थियो । उक्त समितिले काम टुङ्ग्याउन लागेको जानकारी दिँदै प्रदेश प्रहरी प्रमुख राजेशनाथ बाँस्तोलाले फुङलिङको अवस्था अहिले शान्त हुँदै गएको बताए ।

‘सबैसँग बुझेर प्रतिवेदन बुझाउने जिम्मा समितिलाई दिइएको छ,’ डीआइजी बाँस्तोलाले भने, ‘एकदुई दिनमा प्रतिवेदन आउँछ ।’


सम्बन्धित खबर