२०८० असोज ४, बिहिवार , ०७:१७:४१ बजे

Sajhamanch
'

करेन्ट लागेर एकजनाको मृत्यु

आइतवार, भदौ २४, २०८०

काठमाडौं । बाग्लुङमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा गलकोट नगरपालिका–३, लमही बस्ने ८० वर्षीय लालबहादुर अधिकारी रहेका छन् ।

उनको शनिबार साँझ मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

कोठामा टर्च लाईट चार्ज गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए । उपचारका क्रममा इमर्जेन्सी पोलिक्लिनिक हटियामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जानकारी दिएको छ ।

सम्बन्धित खबर