२०८० असोज १०, बुधवार , ०१:२४:४९ बजे

Sajhamanch
'

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट ड्रुक एयरले गर्यो पहिलो व्यवसायिक उडान

शनिवार, भदौ २३, २०८०

पोखरा । संचालनमा आएको ८ महिना पछि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार पहिलो अन्तर्राष्ट्रिय व्यावसायिक उडान भएको छ।

शनिबार भुटानको ड्रुक एयर भूटानको पारोबाट यात्रु लिन पोखरा आएको थियो। उक्त जहाज शनिबार बिहान ६ बजेर ४० मिनेटमा पोखरामा अवतरण गरेको थियो।

जहाज चार्टर्ड गरेका यात्रु लिन बिहान आएको जहाज एक घन्टापछि पारो फर्केको छ । पोखरा विमानस्थलको प्रवक्ता जशोदा सुबेदिले ४२ जना बिदेशी यात्रु जहाज पारो गएको बताइन्। उनका अनुसार पारोबाट ३ जना यात्रु पोखरा आएका थिए। यो विमानस्थलको पहिलो व्यवसायिक उडान भएको उनले बाताइन् ।

यसअघि गत असार ६ गते चीनको सिचुवान एयरलाइन्सको एयरबस–३१९ पोखरामा अवतरण गरेको थियो। चीनको छेङ्दु तियान्फु विमानस्थलबाट राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित चीनबाट केही नेपाली र पोखरामा त्यो वेला सम्पन्न हुन गइरहेको ड्रागन बोट रेस फेस्टिभलका खेलाडी बोकेर आएको थियो।

औपाचारिक संचालनको लामो समय बित्दा पनि पोखरा अन्त्राष्ट्रिय विमानस्थलबाट नियमित अन्त्राष्ट्रिय उडान हुन सकेको छैन।

सम्बन्धित खबर