२०८० असोज १२, शुक्रवार , ०२:१८:४४ बजे

Sajhamanch
'

ओलीलाई भेट्न बालकोट पुगिन् भट्टराई पुत्री मानुषी

शुक्रवार, भदौ २२, २०८०

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुषी यामी भट्टराई नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भेट्न बालकोट पुगेकी छिन्।

उनले सामाजिक सञ्जाल फेसबुकमा तस्बिर राख्दै पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष आदरणीय केपी शर्मा ओलीसँग समसामयिक विषयहरूमा छलफल भएको बताएकी छिन्। उनी आफ्ना पति जेकेन्द्र श्रेष्ठसहित बालकोट पुगेकी हुन्।