२०८० असोज ४, बिहिवार , ०७:२१:४१ बजे

Sajhamanch
'

धरानमा ग्यास सिलिन्डर पड्किएर एक घर जल्यो

बिहिवार, भदौ २१, २०८०

झापा । धरान उपमहानगर-१५ बाझगरास्थित मदन आश्रित मार्गमा बिहीबार बिहान आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

आफन्त भेला भएर दर खाने तयारी भइरहेका बेला ग्यास सिलिन्डर अचानक पड्किँदा घरमा आगलागी भएको घरधनी सीता धितालले बताइन् । उनका अनुसार आगलागी बिहान करिब ९ः ४५ बजे भएको थियो ।

आगलागी भएपछि धरानका तीनवटा दमकल तत्काल आएर आगो निभाएका थिए । तर बाटो सानो भएपछि एकसाथ तीनवटै दमकल प्रयोग गर्न नसक्दा आगो निभाउन करिब डेढ घण्टा लागेको थियो ।

धिताल परिवारका अनुसार दराजमा राखेको करिब गरगहना, नगद, र अन्य महत्त्वपूणर् सामानसहित लाखौंको धनमाल नष्ट भएको छ ।
ग्यास सिलिन्डर पड्किएर धरानमा घर जल्यो

झापा भदौ । धरान उपमहानगर-१५ बाझगरास्थित मदन आश्रित मार्गमा बिहीबार बिहान आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।

सम्बन्धित खबर