२०८० असोज १२, शुक्रवार , १२:३३:४२ बजे

Sajhamanch
'

शब्दपत्र डटकम तेश्रो वर्षमा प्रवेश, प्राविधिक चौधरी सम्मानित

आइतवार, भदौ १७, २०८०

बिर्तामोड । शब्दपत्र डटकम अनलाइन आजदेखि तेस्रो वर्षमा प्रवेश गरेकोे छ ।

वार्षिकोत्सवको अवसरमा आइतबार आयोजित कार्यक्रममा अनलाइनका प्राविधिक अमरेशप्रसाद चौधरीलाई प्राविधिक योगदानको मूल्याङ्कन गर्दै नगदसहित सम्मान गरिएको छ ।

झापाको बिर्तामोडबाट सञ्चालित शब्दपत्र डटकमले उनलाई नगद ५ हजार १०० रुपैयाँसहित सम्मानपत्र प्रदान गरेको हो ।
प्रकाशन प्रालिका अध्यक्ष बालकृष्ण गिरीको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको प्रमुुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

अध्यक्ष गिरीले पत्रकारिताको क्षेत्रमा शब्दपत्रले गरेको योगदानको चर्चा गरे । उनले पत्रकारिता क्षेत्र अफ्ठ्यारो अवस्थाबाट गुुज्रिरहेको बेला शब्दपत्रको निरन्तरता समाजका लागि अपरिहार्य रहेको बताए ।

२०७८ असोज २१ गतेबाट सुुरु भएको शब्दपत्र अनलाइनले जनताको आवाजलाई सम्बोधन गरेर तेस्रो वर्षमा प्रवेश गरेको शब्दपत्र डटकमका कार्यकारी सम्पादक तथा प्रवन्ध निर्देशक उद्धव पुुरीले बताए ।

कार्यक्रममा सञ्चालक समिति सदस्य बासुु दुुलालले समय सापेक्ष शब्दपत्रले पत्रकारिताको मूूल्य मान्यतामा आधारित रहेर अघि बढिरहेको चर्चा गरे ।

शब्दपत्र डटकमका कार्यकारी सम्पादक तथा प्रवन्ध निर्देशक पुुरीले सञ्चालन गरेको कार्यक्रममा प्रालिका सञ्चालक उमेश भारतीले कार्यक्रमको औचित्य माथि प्रकाश पार्दै स्वागत गरेका थिए ।