२०८० असोज ९, मङ्गलवार , ०१:४६:४१ बजे

Sajhamanch
'

वृद्धभत्ता बुझेर घर फर्किदा खोलाले बगाएर वृद्धाको मृत्यु

मङ्गलवार, साउन ३०, २०८०

बाजुरा । वृद्धभत्ता बुझेर घर फर्किने क्रममा खोलाले बगाएर स्वामिकात्र्तिक खापर गाउँपालिकामा एक जना वृद्धाको मृत्यु भएको छ।

मृत्यु हुनेमा स्वामिकात्र्तिक खापर गाउँपालिका–१ मुक्तिकोट बस्ने ६५ वर्षीया वृद्धा गवा विक रहेकी छन्। वृद्धभत्ता बुझेर घर फर्किने क्रममा रुडी खोलाले बगाएर विकको मृत्यु भएको हो।

उनी पालिकाको केन्द्र सुइजीउला स्थित हिमालय बैंकबाट वृद्धभत्ता बुझेर आफन्तसँग घर फर्किदै थिइन्। लगातारको पानीले रुडी खोलामा पानीको बहाव बढेको थियो। अघिल्लो वर्ष लगाएको पुल समेत बगाएर खोला तर्नु बाहेक अर्को विकल्प थिएन्। खोला तर्ने क्रममा सँगैकाहरुले हात समातेकै अवस्थामा खोलाले बगाएको स्थानीय धनसिंह विकले जानकारी दिएका छन्।

ती वृद्धासँग स्थानीय जुद्ध विक र उनको परिवार, बुदे विक र उनको परिवार सहितका अरु पनि थिए। पानी परिरहेको थियो। खहरे खोला भएपनि पानीको बहाव अरुदिनको भन्दा बढी थियो। सँगैगएकाहरुले एकएक गरि तार्ने गरिरहेकै अवस्थामा वृद्धा गवालाई खोलाले बगाएर लगेको आफन्त समेत रहेका स्थानीय धनसिंह विकले बताए। शव भने खोलाले बगाएको एक दिन पछि मंगलबार मात्रै भेटिएको हो।

मङ्गलवार, साउन ३०, २०८० | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर