कपनको ट्रेकिङ अफिसमा भीषण आगलागी, एक जनाको मृत्यु

September 21, 2022 8:55 pm

काठमाण्डौ । कपनको गुम्बा नजिकै रहेको ट्रेकिङ अफिसमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

बूढानीलकण्ठ नगरपालिका–१० मा सञ्चालित इलाइट हिमालयन एडभेन्चर प्रालिमा आगलागी हुँदा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक जना अधिकृतले रातोपाटीलाई बताए ।

दमकलको सहयोगमा सुरक्षाकर्मी र स्थानीयले पहिलो र दोस्रो तलाको आगो निभाएका छन् । घरको तेस्रो तलामा फैलिएको आगो नियन्त्रणमा आएको छैन । मृतकको पहिचान खुलेको छैन । स्थानीय टंक घिसिङको घरमा अचानक आगो फैलिएको थियो ।

          September 21, 2022 8:55 pm | विविधा,समाज

प्रतिकृयाहरू :

समाचारहरु: