प्रेस युनियनका जिम्मेवारहरुलाई झापामा खादामाला अर्पण

September 18, 2022 7:56 pm

बिर्तामोड । नेपाल प्रेस युनियन झापाले युनियनका केन्द्रीय अध्यक्षसहित झापाबाट युनियन, बान तथा प्रेस क्लबमा निर्वाचित पदाधिकारी, सदस्यहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ ।

युनियनको नवौ महाधिवेशनबाट निर्वाचित केन्द्रीय अध्यक्ष शिव लम्साल, उपमहासचिव युवराज गौतम, सचिव रेजिना गौतम, सदस्य शुशिला संग्रौला, स्वतन्त्र रेडियो प्रशारक संघ प्रदेश १ का संयोजक गिरीराज भट्टराई, प्रेस क्लब मेचीनगरका अध्यक्ष डम्बर बराललाई युनियन झापाले औपचारिकरुपमा बधाई ज्ञापन सम्मान गरेको हो ।

युनियनका अग्रज गोविन्दचन्द्र क्षेत्रीको प्रमुख अतिथ्यमा आयोजित कार्यक्रममा उनीहरुलाई खादा, माला र अविर लगाएर बधाई ज्ञापन गरेका हुन् । उक्त कार्यक्रममा बोल्दै केन्द्रीय अध्यक्ष लम्सालले प्रेस स्वतन्त्रता र पत्रकारको पेशागत सुरक्षाका सम्बन्धमा कसैसँग पनि सम्झौता नहुने जिकिर गरे ।

अध्यक्ष लम्सालले पत्रकारको पेशागत हकहित र अधिकारका लागि प्रेस युनियन सदैव अग्रमोर्चामा उभिने प्रतिवद्धता व्यक्त गरे । सरकारले संसदमा पेश गरेको मिडिया विधेयकका विषयमा संसोधनका लागि प्रेस युनियनले लिखित सुझाव दिए पनि त्यसउपर कुनै निर्णय नभई संसदको अवधि सकिएकाले मिडिया विधेयक अब पुनर्लेखन गरेरमात्र ल्याउन युनियनले माग गर्ने उनको भनाई छ।

लामो समय पछि भएको अधिवेशनले युनियनमा आवद्ध पत्रकारहरुमा उत्साह थपेको बताउँदै अध्यक्ष लम्सालले सबैको भावना अनुसार पेशागत सुरक्षा, क्षमता अभिबृद्धि लगायतका कार्यक्रम सञ्चालनको बार्षिक योजना बनाएको जानकारी दिए ।

नेपाल प्रेस युनियन झापाका अध्यक्ष इन्दु पूर्वेलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष गिरीराज भट्टराई र सञ्चालन जोस्ना श्रेष्ठले गरेकी थिइन् ।

          September 18, 2022 7:56 pm | राजनीति,समाज

प्रतिकृयाहरू :

समाचारहरु: